सिमराः सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
बिहीवार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित सञ्चालनमा आएका छन् ।
सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।


स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने सहमति भएको छ ।
यस्तै सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानूनी तथा नीतिगत व्यवस्था, छिमेकी देशमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्नेलगायतका विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
Fast indexing of website pages and backlinks on Google https://is.gd/r7kPlC
Become our partner now and start turning referrals into revenue!
Join our affiliate program and start earning commissions today—sign up now!