सिमरा: केही दिन अघि गठन भएको जीतपुरसिमरा महिला संजालको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९ महिलासहित ६० जनाले रगत दान गरेका छन् ।
रगतको अभाव पूर्ति गर्नका लागि जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय, समाजसेवी, कर्मचारी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीलगायतले रगत दान गरेका थिए ।
महिला सञ्जालकी अध्यक्ष तथा वडाध्यक्ष चयन गुरुङले महिलाहरूको समेत उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै नियमित रक्तदान जीवन रक्षाका लागि महत्वपूर्ण कदम भएको बताइन् । कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने रक्तदान गरेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।
https://shorturl.fm/rPL5H
Unlock top-tier commissions—become our affiliate partner now!